काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले काठमाडौं महानगर पालिका–१७ ढल्कोमा संचालित विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बुधबार आयोजित कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उनीहरूलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।
क्यूआर कोडमार्फत विद्युतीय भुक्तानीलाई प्रवर्दन गर्ने राष्ट्र बैंकको नीतिअनुसार एनसीसी बैंकले विद्युतीय रिक्सा चालकहरूलाई क्यूआर कोड हस्तान्तरण गरेको हो । त्यसका लागि बैंकले श्रमिक नेपाल यातायात अटोसँग सहकार्य गरेको छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक कडेलले विद्युतीय भुक्तानी अहिलेको आवश्यकता बनिसकेको बताए । स्वस्थ र पारदर्शी बैंकिङ कारोबारमा पनि यसले सघाउ पुर्याउने बताउँदै उनले प्रदुषणमुक्त सवारी अटो रिक्सामा प्रदुषणमुक्त भुक्तानी सुरुवात भएको जनाए ।
साथै यस प्रकारका कार्यक्रमले देशको समग्र शुसासनमा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश राज अर्यालले सवारी साधनमा क्यूआर कोड राख्दा ग्राहकहरूले नगद बोक्ने झन्झट नहुने बताए ।
‘ग्राहकले तिरेको पैसा एनसीसी बैकमा जम्मा हुन्छ । त्यो पैसा एकातिर सुरक्षित हुन्छ भने अर्काेतिर व्याज समेत आउँछ ।’, उनले भने ।
अर्यालले क्यूआर कोडको प्रयोग व्यापक बन्दै गएको र भोलिका दिनमा रिक्सा चालकले पानीका बोतल किन्नदेखि तरकारी किन्नसमेत क्यूआर कोडको सहायता लिनसक्ने बताए । चालकलाई बिना धितो ऋण दिन पनि एनसीसी बैंक तयार रहेको उनले बताए ।
काठमाडौं महानगरपालिका १७ नम्बर वडाका वडाध्यक्ष नवीन मानन्धरले चालकहरू आफ्नो अनुशासनमा रहनुपर्ने र सम्बन्धित निकायले पनि चालकको गन्तव्य क्षेत्र विस्तार गर्नुपर्ने बताए । उनले हाल १५० को संख्यामा ढल्कुमा विद्युतीय रिक्सा सञ्चालनमा रहेको बताए ।
श्रमिक नेपाल यातायात अटो प्रालिका अध्यक्ष डम्बर रानाका अनुसार पाईडलबाट सुरु गरेका व्यवसायी अटो रिक्सामा प्रवेश हुँदासम्म कुनै निकायको सहयोग नपाएको बताए । उनले एनसीसी बैंक आफूहरूको सहयोगी बनेर आएको बताए ।
‘पाइडल मारेर रिक्सा चलाउनुपर्ने चालक आज विद्युतीय रिक्सासम्म बल्लबल्ल आईपुगेका छन् । कुनै पनि वित्तीय संस्थाको सहयोग चालकहरूलाई भएको थिएन । अहिले एनसीसी बैंकको सहयोग पाएका छौं । हामीले स्वदेशमा उत्पादन हुने बिजुली प्रयोग गरी प्रदुषणमुक्त रिक्सा चलाएका छौं । यसलाई पर्यटन क्षेत्रमा आवद्ध गराउन जरुरी छ ।’, रानाले भने ।
नेपाल ट्रेड युनियन महासंघका सचिव सोम तामाङ्ले श्रमिक वर्गलाई लक्षित गरी एनसीसी बैंकको क्यूआरकोड कार्यक्रम ल्याइएकाले यसबाट चालक र ग्राहक दुवै लाभान्वित हुने बताए । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन् । यस्तै देशभर जम्मा १०७ वटा एटिएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।
ढल्कोमा सञ्चालित विद्युतीय रिक्सामा एनसीसी बैंकको क्यूआर सेवा सुरु
आर्थीकसंसार संवाददाता२५ चैत्र, २०७७
२५ चैत्र, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान