News Portal

  • कुमारी बैंक २०औं वर्षमा प्रवेश

    आर्थीकसंसार संवाददाता२५ चैत्र, २०७७
    ४६३ पटक
    २५ चैत्र, २०७७

    काठमाडौं । कुमारी बैंकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट संस्थागत वातावरण संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको छ ।
    वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको मेलम्ची शाखाले शनिबार थाङपालधापमा काठमाडौं मेडिकल कलेजको सहकार्यमा विशेषज्ञहरुबाट निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेकोे छ । उक्त कार्यक्रममा ७०० जना भन्दा बढीले सेवा लिएका थिए ।
    साथै, बैंकको कर्मचारी युनियनको नेतृत्वमा नक्साल शाखामा रक्तदान कार्यक्रम पनि सम्पन्न भएका छन् । नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ११४ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए ।
    हालसम्म आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    प्रतिकृया दिनुहोस्