काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको प्रस्तावित बोनस सेयर पारित गरेको छ । आज अर्थात चैत १८ गते सम्पन्न संस्थाको आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो ।
यससँगै संस्थाका लगानीकर्ताले आर्थिक वर्ष २०७६÷०७७ को नाफा र संचित मुनाफाबाट सो मात्राको बोनस पाउने भएका छन् ।
राष्ट्रिय स्तरको कार्य क्षेत्र रहेको संस्थाको चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी १४ करोड ६४ लाख रुपैयाँ पुग्ने छ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान पारित गर्नुका साथै आव २०७७÷७८ का लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले रिक्त रहेको सञ्चालक पदमा २ जनालाई निर्वाचित गरेको छ । यससँगै सर्वसाधारण सेयरधनीका तर्फको सञ्चालकमा सरिता श्रेष्ठ र दिपक नरसिंह श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
संस्थाले नेपालका २१ जिल्लामा ३४ वटा शाखामार्फत अति दुर्गम र पिछडिएका समुदायलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । उक्त सभा अध्याय रिट्रिट रिसोर्ट बज्रवाराही मकवानपुरको सभाहलमा सम्पन्न भएको हो । सभामा संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
महिला सहयात्रा लघुवित्तको बोनस सेयर पारित
आर्थीकसंसार संवाददाता१८ चैत्र, २०७७
१८ चैत्र, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान