News Portal

  • सिभिल बैंक र आइसनबीच छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता१७ चैत्र, २०७७
    ५६३ पटक
    १७ चैत्र, २०७७

    काठमाडौं । सिभिल बैंक र आइसनबीच सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
    सो सम्झौतापत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ्ग का प्रमुख भोलाबहादुर विष्ट तथा आइसनका तर्फबाट कन्ट्रि विजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
    सो सम्झौतापत्रअनुसार सिभिल बैंकका कर्मचारी, ग्राहक तथा सम्बन्धित परिवारले आइसनसँग अनुवन्धित सात राष्ट्रहरु (भारत, थाईल्याण्ड, मलेशीया, सिंगापुर, ईजिप्ट, अमेरिका र बेलायत)का ६४ अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदा प्रथमपटक ७ प्रतिशत छुट पाउने तथा द्वितीय पटकदेखि थप ५ प्रतिशत समेत गरी कूल १२ प्रतिशत छूट पाउनेछन् ।

    प्रतिकृया दिनुहोस्