News Portal

  • नेपाल बङ्गलादेश बैंकको एनबी अनलाइन कार्ड सञ्चालनमा

    आर्थीकसंसार संवाददाता१७ चैत्र, २०७७
    ६२० पटक
    १७ चैत्र, २०७७

    काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डसम्बन्धी परिपत्रअनुसार नेपाल बङ्गलादेश बैंकले एनबी अनलाइन कार्ड सञ्चालनमा ल्याएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरुले आफनो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर पाँच सय बराबरको डलर कार्ड प्राप्त गर्न सक्नेछन् ।
    सो कार्डबाट ग्राहकहरुले भारत बाहेकका मुलुकहरुबाट नेपालको प्रचलित कानुनले प्रतिबन्ध नलगाएका विदेशी वस्तु तथा सेवा खरिद गर्दा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
    उच्च शिक्षा हासिल गर्न चाहने बिद्यार्थी वर्गका लागि विदेशबाट मगाइने आइ ट्वान्टीको लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने जानकारी गराएको छ । साथै सामाजिक संजालमार्फत आफ्नो व्यवसाय प्रबद्र्वनका लागि पनि उक्त कार्डबाट भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्