News Portal

  • आज उपत्यकामा थपिए २०५ संक्रमित

    आर्थिकसंसार संवाददाता२ भदौ, २०७७
    ४२१ पटक
    २ भदौ, २०७७

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
    जसमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    नेपालमा बितेको २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ जना पुगेको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको संख्या १ सय १४ जना पुगेको छ । निको हुनेमा १७ हजार ५ सय ८० जना पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्