News Portal

  • माछापुच्छ्रे बैंकको मीना बजारमा क्युआर कोड सेवा सञ्चालन

    आर्थीकसंसार संवाददाता१३ चैत्र, २०७७
    ४४४ पटक
    १३ चैत्र, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंकको वीरगञ्ज शाखाले वीरगञ्जस्थित मीनाबजारमा रहेको वीरगञ्ज तरकारी तथा फलफूल बजारका २२ जना व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।
    वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगी र राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक डा. राजनकृष्ण पन्तले तरकारी पसलमा किनमेल गर्दै क्यूआर कोडमार्फत भुक्तानी गरेका हुन् ।
    कार्यक्रममा महानगरप्रमुख सरावगीले कोरोना महामारीको त्रास अझै केही वर्ष रहने हुँदा गद कारोबारबाट हुनसक्ने संक्रमणको जोखिम न्यूनीकरण गर्न क्यूआर कोडमार्फत हुने भुक्तानी सेवाले सहयोग पुर्याउने बताए ।
    राष्ट्र बैंकका निर्देशक डा. राजनकृष्ण पन्तले बढ्दो स्मार्ट फोनको प्रयोग, वित्तीय साक्षरता, विस्तारित वित्तीय पहुँचका कारणले नेपालमा क्यूआर कोड भुक्तानी प्रणालीको सम्भावना अधिक रहेको धारणा राखे । कार्यक्रममा माछापुच्छ्रे बैंक प्रदेश २ का प्रमुख व्यावसायिक अधिकृत भरतकुमार लम्सालले व्यवसायीलाई खाता खोल्नेदेखि लिएर अन्य कागजी प्रक्रियामा सहजता प्रदान गरिने जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्