News Portal

  • एशियन लाईफ इन्स्योरेन्सद्वारा ५९ लाखको मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१२ चैत्र, २०७७
    ५०९ पटक
    १२ चैत्र, २०७७

    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले ५९ लाखको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मंसिर १८ गते निधन भएका राजु कुमार अधिकारीको मृत्यु दाबी भुक्तानी गरेको हो ।
    कम्पनीको बनेपा शाखाले एशियन लाईफ इन्स्योरेन्सको तर्फबाट अधिकारीको परिवारलाई मृत्यु दाबी बिहीबार ५९ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ ।
    कम्पनीको सहायक महाप्रबन्धक लोकराज जोशीले कम्पनीको तर्फबाट बीमितको श्रीमती इन्दिरा पुडासैनीलाई बनेपा शाखा कार्यालयमा दाबी रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
    कम्पनीको अनुसार अधिकारीले २०७५/०६/२१ गते ५० लाखको अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराएका थिए । निधन भएको बीमितले बीमा शुल्क बापत ३ वर्षको अवधिमा कम्पनीलाई १३ लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेका थिए ।

    प्रतिकृया दिनुहोस्