काठमाडौं । भुक्तानी प्रणालीलाई सहज बनाउँदै लगेका बैंक तथा वित्तीय संस्थाले आम मानिसको बढी उपस्थिति हुने क्षेत्रमा थप सेवा विस्तार गरेका छन् । सोही क्रममा आज सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्युआर भुक्तानी सेवा शुरु गरेको छ ।
दक्षिणकाली मन्दिर परिसरको बजारमा क्युआर कोड भुक्तानी कारोवारको आज नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले सुरुवात गरे । उपभोक्ता तथा भक्तजनले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै दक्षिणकाली मन्दिर परिसरमा रहेका पसलमा पूजा सामग्री, चिया नास्ता तथा अन्य सामग्रीको खरीद रकमको भुक्तानी गर्न सक्नेछन् ।
ग्राहकको सहजताका लागि बैंकले मन्दिर परिसरमा निःशुल्क वाइफाइ सुविधासमेत उपलब्ध गराएको छ । ग्राहकले दक्षिणकाली मन्दिर परिसरमा रहेका अधिकांश पसलमा क्युआर कोडबाट क्युआर पेमेन्ट सुविधा लिनसक्ने बैंकले जनाएको छ ।
सनराइज बैंक र दक्षिणकाली क्षेत्र विकास समितिको सहकार्यमा मन्दिर परिसरमा क्युआर कोडमार्फत भुक्तानी कारोबारको सुरुआत गरिएको हो । क्युआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेल, दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्त तामाङ, दक्षिणकाली क्षेत्र विकास समितिका अध्यक्ष शङ्करमान महर्जन, सनराइज बैंकका सञ्चालक शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत सुमन शर्मालगायतको उपस्थिति थियो ।
नगद तथा कार्ड प्रयोगको विकल्पमा क्युआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोवारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ता यो नवीन सेवातर्फ आकर्षित भइरहेका छन् ।
डिजिटल कारोवारलाई प्रश्रय दिन र क्यासलेस कारोवारलाई बढावा दिनका लागि सनराइज बैंकले क्युआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ ।
सनराइज बैंकको दक्षिणकाली मन्दिर परिसमा क्युआर कोड भुक्तानी प्रणाली
आर्थीकसंसार संवाददाता१२ चैत्र, २०७७
१२ चैत्र, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने