News Portal

  • नबिल बैंकको ‘हिरोज अफ नेपाल’ उपाधिबाट सेफ सन्तोष साह सम्मानित

    आर्थीकसंसार संवाददाता१२ चैत्र, २०७७
    ८८७ पटक
    १२ चैत्र, २०७७

    काठमाडौं । नबिल बैंकले हिरोज अफ नेपालको दोस्रो संस्करणमा सेफ सन्तोष साहलाई सम्मान गरेको छ । बैंकले बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेको हो ।
    बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च राख्न सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा नबिल बैंकले हिरोज अफ नेपाल सुरु गरेको हो ।
    सेफ सन्तोष साहले बेलायतको मास्टरसेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनुका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनि प्रदर्शित गरेर नेपालीलाई गौरवान्वित बनाएको कारण उनलाई यस उपाधिबाट सम्मान गरिएको बैंकका सिईओ अनिल केसरी शाहले बताए । यस्तै बैंकले शेफ शाहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न पनि प्रतिबद्धता समेत जनाएको छ ।

    प्रतिकृया दिनुहोस्