News Portal

  • नेपाल एसबीआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच छुटसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता११ चैत्र, २०७७
    ६२२ पटक
    ११ चैत्र, २०७७

    काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी बीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
    उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खड्काबीच सम्पन्न भयो । उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपिराज पन्त तथा व्यवसाय प्रबद्र्धन शाखाका प्रविणमुनी बज्राचार्यको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्