News Portal

  • ग्लोबल आइएमई बैंकको नयाँ शाखा बाजुराको मार्तडीमा

    आर्थीकसंसार संवाददाता१० चैत्र, २०७७
    ५३७ पटक
    १० चैत्र, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–८, मार्तडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आजबाट सो शाखाबाट बैंकिङ सेवा सुरु गरेको हो । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा विस्तार ७६औं जिल्लामा पुगेको छ ।
    ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले सातवटै प्रदेश तथा ७६ जिल्लामा २ सय ७० शाखा, २ सय ४२ एटीएम, २ सय ५६ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ ।
    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै बैंकले २२ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्