News Portal

  • सातै प्रदेशमा पुग्यो माछापुच्छ्रे बैंकको क्यु.आर कोड

    आर्थीकसंसार संवाददाता१० चैत्र, २०७७
    ८४६ पटक
    १० चैत्र, २०७७

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्देश्य तथा आम नागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित आक्रामक रुपमा लागिरहेको माछापुच्छ्रे बैंकले देशका सातै प्रदेशमा क्यु.आर. कोड सेवा सुरुवात गरेको छ ।
    नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले कर्णाली प्रदेशको सुर्खेतस्थित कृषि बजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाईन, अल्का यातायात, नमुना हङकङ बजार हटियालाईन गरी ४ स्थानमा क्यु.आर.कोड सेवाको सुरुवात गर्नुभएको हो । त्यसैगरी नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने तथा ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकले मिति २०७७ चैत्र १० गते मंगलवार राजधानीको मनोहरास्थित तरकारी बजारमा नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कडेलको प्रमुख आतित्थ्तामा व्यवसायीलाई क्यु.आर.कोड हस्तान्तरण गरको छ । यसअघि बैंकले बिभिन्न समयमा अन्य प्रदेशहरुमा औपचारिक कार्यक्रमहरु गरी क्यु.आर.कोड सेवा सुरु गरेको थियो ।
    आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्नेलगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यु. आर. कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रामक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।
    बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरुलगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्यु.आर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ । डिजिटल बैंकिङ्ग सेवाको पहुँच नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि माछापुच्छ्रे बैंकले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिँदै जाने उल्लेख छ ।

     

     

    प्रतिकृया दिनुहोस्