News Portal

  • शिखर इन्स्योरेन्सको २९ प्रतिशत लाभांश र ३० प्रतिशत हकप्रद पारित

    आर्थीकसंसार संवाददाता९ चैत्र, २०७७
    ५६९ पटक
    ९ चैत्र, २०७७

    काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले प्रस्तावित २९.२३१ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो ।
    सभाले आ.व. २०७७/७८ मा बाँडफाँड गरिएको हकप्रद सेयरपश्चात कायम हुने सेयर पुँजीमा २७.७६९ प्रतिशत हुने बोनस सेयर र सो बोनस सेयरको कर प्रयोजनार्थ आ.व. २०७७/७८ मा बाँडफाँड गरिएको हकप्रद सेयरपश्चात कायम हुने सेयर पुँजीमा १.४६२ प्रतिशत हुने) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
    प्रस्तावित बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्ता पुँजीमा संस्थापक सेयरधनीको हिस्सा घटेको छ भने सर्वसाधारणको बढेको छ । संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याएको छ । यससँगै कम्पनीको संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम भएको इन्स्योरेन्सले जनाएको छ । त्यसैगरी, बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्ता पुँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ । कम्पनीको सभाले अधिकृत पुँजी वृद्धि गरी ४ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गरेको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संशोधन गर्ने अजेण्डा पारित भएको छ ।

    प्रतिकृया दिनुहोस्