News Portal

  • कामना सेवा बैंकको अनलाईन खाता खोली अब घरबाटै कारोबार गर्न सकिने

    आर्थीकसंसार संवाददाता९ चैत्र, २०७७
    ३२५ पटक
    ९ चैत्र, २०७७

    काठमाडौं । कामना सेवा विकास बैंकले के.एस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ ।
    ग्राहकहरुले बैंकको वेवसाईटमार्फत केही मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा रु १००,००० सम्मको कारोबार गर्न सक्नेछन् ।
    उच्चतम ब्याजदरसहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष निःशुल्क मोबाईल र ईन्टरनेट बैकिङको सुविधा पनि छ । बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाईभ कार्यक्रमकाबीच बैंकका अध्यक्ष सुदिप आचार्यले यो खाताको शुभारम्भ गरेका थिए ।
    कामना सेवा विकास बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, एक ऐक्सटेन्सन काउन्टर, ६६ वटा एटिम एवं सोसियल मिडिया बैंकिङ्ग प्लेटर्फममार्फत ग्राहकहरुलाइ विविध किसिमका वित्तीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्