News Portal

  • प्रभु बैंकले वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान उपलब्ध गरायो

    आर्थीकसंसार संवाददाता९ चैत्र, २०७७
    ७७३ पटक
    ९ चैत्र, २०७७

    काठमाडौं । प्रभु बैंकले वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान उपलब्ध गराएको छ ।
    प्रभु बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लास्थित तेर्षे माध्यामिक, महेन्द्र माध्यमिक, श्री पाल्चोक माध्यामिक र भ्रमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ जना विद्यार्थीहरुले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता÷ज्ञान हासिल प्राप्त गरेका छन् । बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि ४८ जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन गराइएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले प्रमुख कार्यकारी अधिकृतसमक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरुसमेत राखेका थिए ।
    प्रभु बैंकले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिकलगायतको सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनहरुमा प्रभु बैंकले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न वित्तीय साक्षरता अभिवृद्वि गर्ने कार्यक्रमहरुमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय तहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउने प्रतिबद्ध रहेको छ ।

    प्रतिकृया दिनुहोस्