News Portal

  • एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार सुरु

    आर्थीकसंसार संवाददाता८ चैत्र, २०७७
    ८७८ पटक
    ८ चैत्र, २०७७

    काठमाडौं । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच आज (चैत ८ गते) देखि एकीकृत कारोबार सुरु भएको छ । दुई संस्थााबीच गाभ्ने÷गाभिने (मर्जर)सम्बन्धी कार्य गरेपश्चात एनआईसी एशिया लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
    गत साउन ३२ गते यी दुई संस्थाबीच गाभ्ने÷गाभिने मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको थियो । पुस १० गते गाभ्ने÷गाभिने (मर्जर) गर्नेसम्बन्धी अन्तिम सम्झौता भएको थियो ।
    सो सम्झौताअनुसार गाभ्ने÷गाभिने (मर्जर) गर्नेका लागि दुबै संस्थाको पुस ४ गते सम्पन्न दुबै संस्थाको वार्षिक साधारणसभाले स्वीकृत गरी नेपाल राष्ट्र बैंकबाट गाभ्ने तथा गाभिने (मर्जर)का लागि गत फागुन २९ गते अन्तिम स्वीकृति पाएका थिए । त्यस्तै, कम्पनी राजिष्ट्रारको कार्यालयले फागुन २५ गते स्वीकृति दिएसँगै दुई संस्थाको एकीकृत कारोबारको मिति तय गरिएको हो ।
    उक्त एकीकृत कारोबारको शुभारम्भ एनआईसी एशिया लघुवित्तको अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्तका अध्यक्ष लालमणी जोेशीले संयुक्त रुपमा गरेका हुन् ।
    एनआईसी एशिया लघुवित्तको कर्णाली प्रदेशलगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लाहरुमा समेत गरी कूल १५० शाखा सञ्चालनमा रहेको छ भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपाल भरी ८५ शाखा सञ्चालनमा रहेका छन् ।
    मर्जरपश्चात कुल शाखा संख्या २२३ शाखा कार्यालयबाट १३५ हजारभन्दा बढी सदस्यहरुलाई संस्थाले उत्कृष्ट लघुवित्तीय सेवा प्रदान गर्नेछ । मर्जरपश्चात संस्थाको पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० लाख रुपैयाँ पुग्नेछ भने संस्थाको कर्जा लगानी १५ अर्ब रुपैयाँभन्दा माथि पुग्नेछ । भविष्यमा उत्कृष्ट लघुवित्त बन्ने लक्ष्य साथ अगाडि बढेको यस संस्था यो मर्जरपश्चात अझ बलियो र सबल भई उक्त लक्ष्य हासिल गर्नेमा कम्पनी विश्वस्त रहेको छ ।
    गाभ्ने÷गाभिने (मर्जर)सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जरपश्चात ‘साथीसँगै सबल बन्दै’ भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआईसी एशिया लघुवित्तको नामबाट देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पुँजी भएको देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ । त्यस्तै, एनआईसी एशिया लघुवित्तले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लामा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सोहीअनुरुप कार्य गर्नेछ ।
    त्यसपछि दुवै संस्थाको वार्षिक साधारणसभाले स्वीकृत गरी नेपाल राष्ट्र बैंकबाट गाभ्ने तथा गाभिने (मर्जर)का लागि गत फागुन २९ गते अन्तिम स्वीकृति पाएका थिए । त्यस्तै, कम्पनी राजिष्ट्रारको कार्यालयले फागुन २५ गते स्वीकृति दिएसँगै दुई संस्थाको एकीकृत कारोबारको मिति तय गरिएको हो ।
    स्वदेशी लघुवित्त वित्तीय संस्थाले विगत ७ वर्षदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ भने एनआईसी एशिया लघुवित्तले विगत ३ वर्षदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ । यसअघि एनआईसी एशिया लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता ७५९ रुपैयाँमा र स्वदेशी लघुवित्तको प्रतिकित्ता ८०० रुपैयाँमा भएको थियो ।

    प्रतिकृया दिनुहोस्