काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनीहरुको लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको पाँचौं वार्षिक साधारणसभा गत चैत्र ६ गते शुक्रबार साँझ होटल एभरेष्ट, नयाँ वानेश्वरमा सम्पन्न भयो । सभामा हाल बीमा क्षेत्रका नीतिगत समस्याहरू, नयां बीमा विधेयक, एक्च्युरीको अभाव, कोभिड–१९ लगायतका बिभिन्न कारणहरूबाट उत्पन्न जोखिमहरू, पुनर्बीमा कम्पनीहरूको अवस्था, बीमा व्यवसायमा देखिएका विभिन्न कठिनाइहरुको गहिरो छलफल गर्नुका साथै यस क्षेत्रको विकासको लागि गर्नुपर्ने काम तथा संस्थाले लिनुपर्ने पहलकदमीका बारेमा छलफल गरी सुझावहरु दिइयो ।
सभामा कार्यसमितिका अध्यक्ष राजेन्द्र मल्लले संस्थाको प्रगति विवरण, कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले संस्थाको वित्तीय अवस्थाको बारेमा जानकारी गराए र उक्त विवरणहरु पारित गरियो । यस संस्थामा बीमा कम्पनीहरुका अध्यक्ष वा संचालकको प्रतिनिधित्व हुने व्यवस्था विधानले गरेको छ ।
सभामा संस्थाको कार्यसमितिका अध्यक्ष राजेन्द्र मल्ल (प्रभु इन्स्योरेन्स), उपाध्यक्ष मनोहर दास मुल (लुम्बिनी जनरल इन्स्योरेन्स), कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ (शिखर इन्स्योरेन्स), सदस्य महेन्द्र कृष्ण श्रेष्ठ (हिमालयन जनरल इन्स्योरेन्स), सदस्य पवन अग्रवाल (सिद्धार्थ इन्स्योरेन्स) र स्थायी आमन्त्रित सदस्य बालकृष्ण श्रेष्ठ (प्रिमियर इन्स्योरेन्स)का साथै सदस्य कम्पनीहरुबाट रोहितकुमार भट्टराई (अध्यक्ष–नेको इन्स्योरेन्स), हेमराज ढकाल (अध्यक्ष–आईएमई जनरल इन्स्योरेन्स), आजाद श्रेष्ठ (अध्यक्ष–अजोड इन्स्योरेन्स), उमेशचन्द्र उपाध्याय (अध्यक्ष–राष्ट्रिय बीमा कम्पनी), कुनाल कयाल (अध्यक्ष–जनरल इन्स्योरेन्स), प्रेदिद सुब्बा (सञ्चालक–युनाइटेड इन्स्योरेन्स), दिलिप श्रेष्ठ (सञ्चालक–सानिमा जनरल इन्स्योरेन्स), गजेन्द्रलाल श्रेष्ठ (सञ्चालक–सगरमाथा इन्स्योरेन्स), डा. भरत थापा (सञ्चालक–एनएलजि इन्स्योरेन्स), पूर्व महासचिव रमेशकुमार निरौला र सचिवालयका सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो ।
नेपाल निर्जीवन बीमा व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न
आर्थीकसंसार संवाददाता७ चैत्र, २०७७
७ चैत्र, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान