News Portal

  • महालक्ष्मी लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम

    आर्थीकसंसार संवाददाता५ चैत्र, २०७७
    ३८३ पटक
    ५ चैत्र, २०७७

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ ।
    बिहीबार पोखराको कुटी रिसोर्ट होटलमा आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका सम्पूर्ण कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
    कर्मचारीहरुलाई नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले गैरकानुनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धीकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा तालिम दिएका थिए । तालिममा २२ जना प्रमुखहरुको सहभागिता रहेको थियो ।
    भोलि सञ्चालन हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यसको बिक्रीका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरु बारेमा तालिम सञ्चालन हुने कम्पनीले जनाएको छ ।
    कम्पनीले २०७८ आषाढ मसान्तभित्र सातै प्रदेशका कार्यालय प्रमुख र कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी पुनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ ।

    प्रतिकृया दिनुहोस्