News Portal

  • काठमाडौं महानगरद्वारा पाँच नगरपालिकालाई एक–एक करोड प्रदान

    आर्थीकसंसार संवाददाता४ चैत्र, २०७७
    ४४८ पटक
    ४ चैत्र, २०७७

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत उपत्यकाका पाँचवटा नगरपालिकालाई ती नगरपालिका क्षेत्रभित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुईवटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ ।
    कार्यक्रमपछि महानगरपालिकाले पाँचवटा नगरपालिकालाई सम्झौतापत्रअनुरुपको चेक समेत हस्तान्तरण गरेको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका ती नगरपालिकासँग सम्झौतासहित चेक हस्तान्तरण गरे ।

    प्रतिकृया दिनुहोस्