News Portal

  • इग्निसन अटो प्रालिद्वारा ‘भी.आर. एक्स्फोरिङ एडभेन्चर नामक ‘टुरिङ’ कार्यक्रम आयोजना सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ फागुन, २०७७
    ६९१ पटक
    २९ फागुन, २०७७

    काठमाडौं । नेपालमा हार्डफोर्ड मोटरसाइलको आधिकारिक विक्रेता इग्नीसन अटो प्रा लि.ले ‘भी.आर. एक्स्फोरिङ एडभेन्चर नामक ‘टुरिङ’ कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।
    हार्डफोर्ड मोटरसाइलको आधिकारिक विक्रेता इग्नीसन अटो प्रा लि.ले आफ्ना प्रिय ग्राहक महानुभावहरुलाई को कोभिड कालमा दैनिक जीवनयापन, व्यवसायीक गतिशीलताका विषयमा अन्तरक्रिया, आन्तरिक पर्यटन प्रवद्र्धन, सडक सुरक्षा सम्बन्धमा जनचेतना प्रभाव गर्ने उद्देश्यका साथ मिति २०७७ फागुन २९ गते “VR Exploring Adventure ” नामक टुरिङ्ग “Touring” कार्यक्रम आयोजना गरेकोे जानकारी दिइएको छ । त्रिपुरेश्वर स्थित हार्डफोर्ड शोरुम देखी सुरु भएको राइड, हार्डफोर्डका नेश्नल हेड समीर महर्जनले शुभारम्भ गरेका थिए । जुन सुन्धारा, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, बुढानिलकण्ठ हुँदै भोटेचौरसम्म पुगी विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरी हार्डफोर्ड सर्भिस सेन्टर बौद्धमा पुगी सम्पन्न भएको थियो । यस राइडमा ३६ वटा हार्डफोर्ड सवार ४० जना राइडरहरुले सहभागिता जनाएका थिए । १०५ किलोमिटर लामो मोटरसाईकल र्यालीका लागि रोड क्यापटेन मनिश बज्र शाक्य थिए । बिहानको ९.०० बजे त्रिपुरेश्वर देखी सुरु गरिएको मोटरसाईकल र्याली २ बजे भोटेचौर पुगी विभिन्न मनोरन्जनका कार्यक्रमहरु सम्पन्न भएको थियो । बेलुकी ७.०० बजे इग्निसन अटो प्रालिको आधिकारिक सर्भिश सेन्टर बौद्ध पुगी समापन भएको थियो । ‘लक्की ड्र’बाट भुषण राज बज्राचार्य विजयी हुनु भएका थिए भने ‘एआरएम रेष्टलिङ’ “ARM Wrestling” मा नन्द मर्हजन प्रथम भएका थिए । साथै “Bingo Full House Winner” पनि भुषणराज बज्राचार्य नै भएका थिए । उनीहरु सबैलाई हार्डफोर्डका तर्फबाट उपहार पनि प्रदान गरिएको थियो ।


    हार्टफोर्ड इण्डष्ट्रीयल क.लि., ताईवान (चाइना) बाट उत्पदित मोटरसाइकल तथा स्कुटरको नेपालका लागि अधिकारिक बितरक इग्नीसन अटो प्रा.लि. नियुतिm भएको छ । इग्नीसन अटो प्रा.लि.ले नेपालभरी नै आफ्ना डिलर नेटवर्कमार्फत हार्टफोर्ड (भीआर) मोटरसाइकल तथा स्कुटरहरुको बिक्री एवं बिक्रीपछिका सेवाहरु प्रदान गरिरहेको छ । हार्टफोर्ड (भीआर) नेपालमा सर्वाधिक लोकप्रिय नम्बर एक (१) डर्ट बाईकका रुपमा स्थापित ब्राण्ड भएको कुरा नेशनल हेड मार्केटिङका समीर महर्जनले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

     

    प्रतिकृया दिनुहोस्