काठमाडौं । सिटिजन लाइफ लाइफ इन्स्योरेन्सले जीवन बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरी बीमित स्व. सूर्य मोहन सुबेदीको कास्की अन्नपूर्ण गाउँपालिका–१ नौडाँडास्थित घरमै पुगेर वडा अध्यक्ष भरतजंग कुँवरले मृतककी श्रीमती गंगा देवी सुबेदीलाई दाबी भुक्तानी रकम ५ लाख ७० हजार रुपैयाँको चेक प्रदान गरेको हो ।
साथै, कम्पनीले दोब्बर बीमाङ्क रकमअन्तर्गत १५ वर्षपछि पनि स्व. सुबेदीको परिवारलाई पुनः ५ लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ । सुवेदीको मृत्यु गत कार्तिक ११ गते घरमा सुतेकै अवस्थामा असामयिक निधन भएको थियो । स्व. सुबेदीले तीन महिना अगाडि मात्रै कम्पनीको पोखरा शाखाबाट ५ लाख रुपैयाँ बराबर बीमाङ्कको बीमालेख लिएका थिए ।
बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गर्न आयोजित उक्त कार्यक्रममा वडा अध्यक्ष कुँवरले मृतक सुवेदीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका थिए । कार्यक्रममा क्षेत्रीय शाखा प्रबन्धक छबिलाल पौडेलले कम्पनी र जीवन बीमाको महत्वको बारे प्रकाश पारेका थिए । कार्यक्रममा कम्पनीका हेम्जा शाखा प्रमुख सन्तोष पराजुली, एजेन्सी म्यानेजर प्रकाश काफ्ले, माधव भण्डारी, महेश्वर सुवेदीलगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम कम्पनीको पोखरा शाखा प्रमुख सरिता पोख्रेल भट्टराईले सञ्चालन गरेकी थिइन् ।
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी
आर्थीकसंसार संवाददाता२० फागुन, २०७७
२० फागुन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने