News Portal

  • निर्धन उत्थान लघुवित्तद्वारा महिला समूहलाई व्यवसायिक तालिम

    आर्थीकसंसार संवाददाता२० फागुन, २०७७
    ९८३ पटक
    २० फागुन, २०७७

    काठमाडौं । निर्धन उत्थान लघुवित्तले फागुन १७ गतेदेखि १९ गते सम्म सिराहा जिल्लाको हुलाकी टोल ४, लाहानका महिला समूहका ग्राहक सदस्यहरुमध्येका ३२ जना विपन्न ग्राहक सदस्यहरुलाई ब्यावसायिक भैंसीपालन तालिम दिएको छ । उक्त तालिममा प्राविधिक ज्ञान, लघुबीमा, खर्च मूल्यांकन तथा व्यवस्थापन, नाफा नोक्सानको हिसाब राख्नेलगायत लघुवित्तको बारेमा विस्तृत जानकारी दिएको थियो ।
    कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड लाहान शाखाका शाखा प्रबन्धक सुनिलकुमार सिंहले प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तको शुभकामना सन्देश सुनाएका थिए ।
    कार्यक्रममा बोल्दै सहभागीहरुको तर्फबाट संगीता यादवले आयोजकहरुलाई धन्यवाद दिनुभयो । तालिमका सहभागीहरुले ब्यावसायिक रुपमा भैंसीपालन गर्नेलगायत आम्दानी खर्चको हिसाब राख्ने सम्बन्धमा समेत तालिम दिइएको हुँदा उपरोक्त तालिम आफूहरुलाई ज्यादै लाभदायी हुने बताए ।

    प्रतिकृया दिनुहोस्