News Portal

  • माछापुच्छ्रे बैंक र एक्यानबीच प्रोफेशनल कर्जासम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता१ भदौ, २०७७
    ७३२ पटक
    १ भदौ, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान)बीच एक्यानमा आवद्ध सदस्यहहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । द्विपक्षीय समझदारी पत्रअनुसार एक्यानका सदस्यहरुलाई सरल तरिकाबाट बैंकको १५९ शाखाबाट बिना धितोमा रु. १५ लाख सम्मको प्रोफेश्नल कर्र्जा ब्याज दर ९ दशमलव ७५ प्रतिशत प्रदान गरिने भएको छ ।
    सम्झौतापत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्ले र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।
    अहिलेको कोभिड–१९ महामारीबाट उत्पन्न हुने शिथिलताबाट वित्तीय क्षेत्रको उत्थानशीलता कायम गर्न र व्यवसायलाई पूर्ववत अवस्थामा फर्काउन लेखा व्यवसायीको योगदान महत्वपूर्ण हुने बास्तबिकतालाई मनन गर्दै चार्टर्ड एकाउन्टेन्टको सहजता लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग समेत समझदारीको लागि छलफल भइरहेको संघका उपाध्यक्ष सीए रमेश धितालले जानकारी गराए ।
    सम्झौतापछि संघका लगभग २४०० सदस्यहरुलाई बैंकले बिशेष प्राथमिकतामा राखेर बैंकिङ्ग सेवा प्रदान गर्नेछ । सम्झौतापछि माछापुच्छ्रे बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहहरुमा विशेष सहुलियत प्रदान गर्नेछ ।

    प्रतिकृया दिनुहोस्