आर्थीकसंसार संवाददाता३ पुष, २०८१
३ पुष, २०८१काठमाडौं । दुबईको ख्यातिप्राप्त जोयालुकास एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । दुबईमा रहेका नेपालीहरुले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो परिवार तथा आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन् ।
म्झौता अनुसार नेपालमा सिटी एक्सप्रेससँग आबद्ध २५ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ । साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिन्छ । बैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहज र गुणस्तरीय विप्रेषण सेवा प्रदान हुने विश्वास गरेको छ ।