News Portal

  • एनएमबिका ग्राहकले बी एण्ड बी अस्पतालमा छुट पाउने

    आर्थीकसंसार संवाददाता१६ फागुन, २०७७
    १६४१ पटक
    १६ फागुन, २०७७

    काठमाडौं । एनएमबि बैंकले ग्राहक तथा कर्मचारीहरुलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालको सेवाहरुमा १० प्रतिशत छुट पाउने भएका हुन् ।
    यस्तै अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डरलाई फार्मेसीबाट औषधी खरिद गर्दा ५ प्रतिशत र अन्तरंग (भर्ना) मा ७ प्रतिशत छुट उपलब्ध गराउने छ । उक्त छुटसम्बन्धी समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र बी एण्ड बीका तर्फबाट प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरेका थिए ।
    छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
    एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

    प्रतिकृया दिनुहोस्