काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले आज (फागुन १४ गते) आफ्नो स्थापनाको ३५औं वार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले ‘सम्मान र्याली’को आयोजना गरेको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा रहेर काम गर्ने श्रमिकहरूप्रति ऐक्यबद्धता प्रकट गर्नका लागि उक्त र्यालीको आयोजना गरेको हो । यसबाहेक, बैंकले स्वास्थ्यकर्मीको लागि उचित ब्याजदर प्रबद्र्धनात्मक कर्जा योजना पनि सुरुवात गरेको छ ।
यो अवधिसम्ममा बैंकले ८७ शाखा, ३० एक्सटेन्सन काउन्टर, ५९ शाखारहित बैंकिङ केन्द्र र १३० एटीएममार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यो अवधिमा २९ अर्ब रुपैयाँको पुँजीगत आधारका साथमा संगठित क्षेत्र (कर्पोरेट), साना तथा मझौला उद्यम (एसएमई) र व्यक्तिगत ग्राहक गरी १२ लाखभन्दा अधिक ग्राहकलाई सेवा पुर्याईसकेका छन् । त्यस्तै, १६९ अर्ब रुपैयाँको निक्षेप संकलन तथा १५५ अर्ब रुपैयाँको कर्जाको पोर्टफोलियो कायम गर्दै विपन्न वर्ग तथा राष्ट्रिय प्राथमिकताका क्षेत्रहरूमा बैंकिङ सुविधा उपलब्ध गराइ राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पुर्याउँदै आएको छ ।
बैंकले ५ अर्ब रुपैयाँभन्दा बढीको देशभरी वित्तीय आवश्यता बढी रहेका ३० हजारभन्दा बढी व्यक्तिलाई सिधै लघु कर्जा उपलब्ध गराएको छ ।
बैंकले डेबिट कार्ड, ईएमआइसहित क्रेडिट कार्ड, लकर, ई–कमर्श (ई–कम)÷अनलाइन भुक्तानी र एसएमई र खुद्रा कर्जा आदि बैंकिङ सेवाहरूमा ६५ प्रतिशतको विशेष छुट प्रदान गर्नेछ । यस अवसरमा बैंकले आफ्नो तेस्रो चित्रकथा (कमिक) पुस्तक ‘हाम्रोे सुखदुःखका साथी, बैंक कति जाती’ नामक पुस्तक पनि सार्वजनिक गरेको छ । यो पहलअन्तर्गत ‘चिडियाखानाको भ्रमण’ र ‘बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता,’ शीर्षकका चित्रकथा पुस्तक सार्वजनिक गरिसकिएका छन्, यी चित्रकथा पुस्तकहरु विगतका वार्षिकोत्सवमा वित्तीय साक्षरता अभिवृद्धिका लागि प्रकाशन गरिएका हुन् ।
नेपाल इन्भेष्टमेन्ट बैंककोे ३५औं वार्षिकोत्सव सम्पन्न
आर्थीकसंसार संवाददाता१४ फागुन, २०७७
१४ फागुन, २०७७- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम