News Portal

  • माछापुच्छ्र्रे बैंकको पोखराका तीन स्थानमा एकैपटक क्युआर कोड सेवा सञ्चालन

    आर्थीकसंसार संवाददाता१४ फागुन, २०७७
    १६२३ पटक
    १४ फागुन, २०७७

    काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरास्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि तथा पोखराकै सिद्दार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्यु.आर. कोड सेवा सञ्चालनमा ल्याएको छ ।
    डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्र्रे बैंकले पोखराका ३ स्थानमा एकैपटक भव्य क्युआर कोड समुद्घाटन समारोहको आयोजना गरेको हो । पोखराको नयाँ बजारमा रहेको हङकङ बजारमा शुक्रबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका का.मु. निर्देशक पुस्कर सुर्खाली तथा माछापुच्छ्र्रे बैंकका संचालक रोशन केसीले संयुक्त रुपमा उक्त समारोहको समुद्घाटन गर्नुभएको थियो । उक्त कार्यक्रममा माछापुच्छ्र्रे बैंकका सञ्चालक विश्वप्रकाश गौतम तथा श्रीमती सृजना कार्कीको पनि उपस्थिति रहेको थियो ।
    यो सेवा सञ्चालनमा आएपछि हङकङ बजार तथा कम्प्लेक्समा तरकारी, फलफूल तथा अन्य कस्मेटिक सामान किन्न जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी तरकारी किन्न सक्नेछन्।् । त्यसैगरी पोखरेली ट्याक्सी व्यवसायीअन्तर्गत सञ्चालनमा रहेका ट्याक्सीमा चढ्ने ग्राहकले नगदको सट्टामा क्युआर कोडको प्रयोग गरी ट्याक्सी भाडा तिर्न सक्नेछन् ।
    उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका का.मु निर्देशक पुस्कर सुर्खालीले अबको युग डिजिटल युग भएको हुनाले आजैबाट आफ्ना हरेक कारोबार डिजिटल भुक्तानीमार्फत गर्न आम उपभोक्तालाई आग्रह गर्नुभयो ।
    ग्राहकले क्युआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्नुहुनेछ । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआर कोडको प्रयोग आम मानिसमा बढ्दै गएको छ । पोखरामा सुरु गरिएको क्युआर कोड सेवाको साथै माछापुच्छ्र्रे बैंकको क्युआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको सङ्ख्या करिब ९००० पुगेको छ । उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका संचालक, नेपाल राष्ट्र बैंकका प्रतिनिधि, कृषि बजार व्यवस्थापन समितिका प्रतिनिधिहरु, पोखरेली ट्याक्सी सेवामा आबद्ध व्यवसायी तथा स्थानीय व्यापारीलगायतको उल्लेख्य सहभागीता रहेको थियो ।
    स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्र्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईनमार्फत खाता एंव मुद्धती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

     

    प्रतिकृया दिनुहोस्