News Portal

  • ५ सय ८१ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    आर्थीकसंसार संवाददाता१ भदौ, २०७७
    ६१३ पटक
    १ भदौ, २०७७

    काठमाडौं । थप ५ सय ८१ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।
    पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना पुष्टि भएको हो । आज थप ३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ७ पुगेको छ । यो सँगै हालसम्म कोरोना संक्रमितको सङ्ख्या २७ हजार २ सय ४१ पुगेको छ । आज १ सय ५१ जना संक्रमितहरु डिस्चार्ज भएका छन् ।

    प्रतिकृया दिनुहोस्