News Portal

  • काठमाण्डू गोर्खाजले जनकपुरलाई दियो ११६ रनको लक्ष्य

    आर्थीकसंसार संवाददाता१२ कार्तिक, २०८३
    ८ पटक
    १२ कार्तिक, २०८३

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजले जनकपुर बोल्ट्ससामु ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    बिहीबार (आज) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको काठमाण्डू जनकपुरविरुद्ध १९.३ ओभरमा ११५ रनमै समेटियो ।

    काठमाण्डूका लागि भीम सार्कीले ३३, राशिद खानले १७, स्मित पटेलले १३ र सुनित महर्जनले १० रन जोडे ।

    काठमाण्डूलाई ११५ रनमा समेट्न राहुल यादवले ४ विकेट लिए । त्यस्तै, सैफ हसनले दुई तथा हरमित सिंह, मोइन अली र ललित राजवंशीले एक–एक विकेट लिए ।

    प्रतिकृया दिनुहोस्