News Portal

  • लक्ष्मी लघुवित्तद्वारा ग्राहकलाई दुईदिने बेमौसमी तरकारी खेती तालिम

    आर्थीकसंसार संवाददाता७ फागुन, २०७७
    ६८८ पटक
    ७ फागुन, २०७७

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले बझाङको चैनपुर, बैतडीको पाटन तथा अछामको साँफेबगर गरी ३ वटा शाखामा आवद्ध ग्राहकहरुलाई क्रमशः दुईदिने बेमौसमी तरकारी खेती तालिम प्रदान गरेको छ । माघ २७ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ६९ जना ग्राहकहरुलाई सहभागी गराइएको थियो ।
    बेमौसमी तरकारी खेतीसम्बन्धी सीप र क्षमतालाई अभिवृद्धि गरी स्वरोजगार सृजना गर्ने उद्देश्यका साथ उक्त तालिम आयोजना गरिएको थियो । तालिमको उद्घाटन कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले बेमौसमी तरकारी खेती तालिमको माध्यमबाट सिकेका कुराहरुलाई व्यवहारमा उतारी महिला कृषकहरुले आर्यआर्जनका क्षेत्रलाई फराकिलो बनाई आर्थिक पाटो मजबुत बनाउनुपर्ने कुरा बताए ।
    तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत ओमप्रकाश भुसालले गरेका थिए ।
    लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र वित्तीय साक्षरतासँगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले क्षमता अभिवृद्धि तथा सीप विकाससम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्