काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । चौथो बार्षिकोत्सवको अवसरमा कम्पनीले औपचारिक कार्यक्रम नगरे पनि आन्तरिक रुपमा केक काट्नेलगायतका विविध कार्यक्रम गरेर मनाउने जनाएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा बीमा जनचेतना जगाउँदै बीमा व्यवसायलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीका निमित्त प्रमुख दिनेश अमात्यले वार्षिकोत्सवको अवसरमा भने, ‘हामी बीमा जनचेतनाको माध्यमबाट बीमा व्यवसायलाई अझै समृद्धि बनाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
२०७४ साल भदौ १ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको कम्पनीले तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको हो । कूल एक अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीको जारी पुँजी दुई अर्ब छ । कम्पनीले छिट्टै आईपिओ निष्काशन गरी चुक्ता पुँजी दुई अर्ब पुर्याउने लक्ष्यमा अघि बढिरहेको जनाएको छ ।
कम्पनीले नयाँ सिईओ नियुक्त गर्ने प्रक्रियासमेत अघि बढाउने क्रममा रहेको छ । हाल कम्पनीको सहायक महाप्रबन्धक दिनेश अमात्यले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
आईएमई ग्रुपद्वारा प्रबद्र्धित कम्पनीले सञ्चालनको छोटो अवधिमा नै उल्लेख्य प्रगति गर्न सफल भएको छ । गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार आईएमई लाईफको बीमा कोषमा एक अर्ब ४६ करोड संचित गरिसकेको छ । कम्पनीले गत आवमा ५४ प्रतिशत बजार विस्तार गर्न सफल भएको छ । २०६५ सालमा दर्ता भएको कम्पनीले नौ वर्षपछि बीमा समितिका औपचारिक रुपमा अनुमति पाएपछि बीमा कारोबार सुरु गरेको थियो ।
आईएमई लाईफ इन्स्योरेन्स चौथो बर्षमा प्रवेश
आर्थीकसंसार संवाददाता१ भदौ, २०७७
१ भदौ, २०७७- सानिमा रिलायन्सले कर्मचारीको ज्ञान र क्षमता विकास गर्न गर्यो प्रशिक्षण कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि दुई करोड रुपैंया आर्थिक सहयोग प्रदान
- लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
- ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट
- बाढी-पहिरो पीडितलाई सहयोग गर्न एमाले सांसदहरूले आधा महिनाको पारिश्रमिक दिने
- सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
- आईसीएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षण छुट
- नख्खु बाढीमा पसी बगाएकालाई बचाउने तामाङलाई प्रभु महालक्ष्मी लाइफको सम्मान
- मजदुरबाट आफ्नै सफारीको मालिक बने १० परिवार
- सिटिजन लाइफका कर्मचारीलाई व्यक्तित्व विकास तालिम