News Portal

  • महिला लघुवित्तको आइपिओमा १५ लाख १९ हजारको आवेदन

    आर्थीकसंसार संवाददाता५ फागुन, २०७७
    ६२२ पटक
    ५ फागुन, २०७७

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयरमा अहिलेसम्मकै सर्वाधिक आवेदन परेको छ । संस्थाको प्राथमिक शेयरमा १५ लाख १९ हजारको आवेदन परेको हो । यस अगाडि नेपाल इन्फ्राष्ट्रक्चरको आइपिओमा १४ लाख ७५ हजारको आवेदन परेको थियो ।
    संस्थाले सर्वसाधारण समूहको ४ लाख कित्ता प्राथमिक शेयरका लागि बिक्री खुला गरेको थियो । चार लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारीहरुको लागि बिक्री गरिएको छ । म्युचुअल फण्डलाई ५ प्रतिशत छुट्टाएर बाँकी रहेको तीन लाख ७५ हजार कित्ता प्राथमिक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । सर्वसाधारका लागि बिक्री गरिएको उक्त शेयर जम्मा तीन लाख ७५ हजारले १० कित्ताका दरले प्राप्त गर्ने छन् । बाँकी ११ लाख ५४ हजारको हात खालि हुने छ ।
    संस्थाले माघ ३० गतेदेखि निष्काशन गरेको प्राथमिक शेयरमा ६२ गुणाभन्दा बढीको लागि आवेदन परेको हो । प्राथमिक शेयर निष्काशनपछि संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

    प्रतिकृया दिनुहोस्