News Portal

  • आईएमई जनरल इन्स्योरेन्सको उच्च लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता५ फागुन, २०७७
    ६४१ पटक
    ५ फागुन, २०७७

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले हालसम्मकै उच्च लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ७.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । जुन अघिल्लो दुई वर्षयताकै उच्च लाभांश हो ।
    फागुन ४ गते बसेको कम्पनी सञ्चालक समितिको गत आवको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर वापत ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।
    हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड रुपैयाँ रहेको छ । प्रस्तावित ७ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ पुग्ने छ । संस्थाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ६.३१ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५ प्रतिशत लाभांश वितरण गरेको हो ।

    प्रतिकृया दिनुहोस्