आर्थीकसंसार संवाददाता५ फागुन, २०७७

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत अपाङ्गता संरक्षण नेपाललाई १५० थान सेतो छडी हस्तान्तरण गरेको छ ।
बैंकका सञ्चालक प्रा.डा. हेमराज सुवेदीले एक कार्यक्रमका बीच उक्त सेतो छडी अपाङ्गता संरक्षण नेपालका प्रमुख बिरोध खतिवडालाई हस्तान्तरण गरेका हुन् ।
बैंकले हस्तान्तरण गरेको उक्त सेतो छडीले दृष्ट्रिविहीन व्यक्तिहरुलाई आवतजावतमा सहयोग हुनुका साथै दैनिक जीवनयापन सहज बनाउन सहयोग मिल्ने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।