काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) फागुन ५ गतेसम्म भर्न पाइने भएको छ । गत माघ ३० गतेदेखि बिक्री खुला गरिएको उक्त आईपीओ भोलिसम्म निष्काशन खुला हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।
योसँगै हालसम्ममा उक्त आईपीओमा १४ लाख बढीले आवेदन दिएका छन् । मर्चेन्टका अनुसार मंगलबार साँझ ५ः३० बजेसम्ममा १४ लाख ४ हजार २८७ जना आवेदकले २ करोड १६ लाख २५ हजार ६ सय कित्ता सेयरको लागि आवेदन दिइसकेका छन् । जुन संस्थाले माग गरेको भन्दा ५७.६६ गुणा बढी आवेदन हो । त्यस्तै, सो अवधिसम्म १ लाख ७३ हजार ५९८ जनाको आवेदन भने अनभेरिभाइड नै रहेको क्यापिटलले जनाएको छ ।
लघुवित्तले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो । जसमध्ये ०.५० प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वधारणलाई निष्काशन गरिने संस्थाले जनाएको छ ।
यससँगै, इच्छुक आवेदकले न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा फागुन ५ गते र ढिलामा फागुन १४ गतेसम्म हुनेछ । हाल लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । ४ करोडको आईपीओपश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।
महिला लघुवित्तको आईपीओ फागुन ५ गतेसम्म भर्न पाइने
आर्थीकसंसार संवाददाता४ फागुन, २०७७
४ फागुन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने