News Portal

  • राष्ट्रिय बीमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट बिनाधितो कर्जा पाउने

    आर्थीकसंसार संवाददाता३ फागुन, २०७७
    १४७० पटक
    ३ फागुन, २०७७

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानका कर्मचारीले नेपाल बैंकबाट बिना धितो कर्जा पाउने भएको छन् । बैंकले संस्थानमा कार्यरत कर्मचारीलाई सहुलियत दरमा बिनाधितो कर्जा उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
    उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र संस्थानकातर्फबाट प्रमुख प्रशासक कविराज पाठकले हस्ताक्षर गरेका हुन् । साथै, बैंकले आफ्नो नयाँ एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा संस्थानमा सञ्चालन गरेको छ । उक्त संस्थानका ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले बैंकले उक्त स्थानमा नयाँ काउन्टर खोलेको हो ।
    बैंकले हाल २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा अन्य विभिन्न विद्युतीय÷डिजिलट माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्