News Portal

  • गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष श्यामप्रसाद बस्यालद्वारा पद तथा गोपिनियता शपथ ग्रहण

    आर्थीकसंसार संवाददाता३ फागुन, २०७७
    ५५५ पटक
    ३ फागुन, २०७७

    काठमाडौं । यस गरिमा विकास बैंकको अध्यक्ष पदमा मनोनित हुनुभएका श्यामप्रसाद बस्यालले आज मिति २०७७ फाल्गुण ३ गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीबाट पद तथा गोपिनियता शपथ लिनुभएको छ ।
    गरिमा विकास बैंकको मिति २०७७ माघ ३० गते सम्पन्न १४औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनी समूह ‘क’ को तर्फबाट श्यामप्रसाद बस्याल, डा.आनन्दप्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ को तर्फबाट विमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक सञ्चालक पदमा निर्वाचित हुनुभएको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
    गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम सञ्चालनमा छन् ।

    प्रतिकृया दिनुहोस्