News Portal

  • माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश दिने

    आर्थीकसंसार संवाददाता२६ भदौ, २०८३
    १५ पटक
    २६ भदौ, २०८३

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।

    बैंकले प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गर्ने जनाएको छ ।

    माछापुच्छ्रे बैंकले देशका सातै प्रदेशमा १५७ शाखा, १२ वटा विस्तारित काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा र १९३ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्