News Portal

  • साधारण सभामा जान लाइफ इन्स्योरेन्स कर्पोरेशनको बुक क्लोजको मिति तय

    आर्थीकसंसार संवाददाता२ फागुन, २०७७
    ६०७ पटक
    २ फागुन, २०७७

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले वार्षिक साधारणसभामा जानको लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले आगामी फागुन ७ गतेदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
    यससँगै फागुन ६ गतेसम्म कम्पनीको सेयर कारोबार गरेका तथा कम्पनीको सेयर होल्ड गरेका लगानीकर्ताले प्रस्तावित लाभांश पाउने तथा सभामा भाग लिन पाउने छन् ।
    कम्पनीको सभा आगामी फागुन २५ गते बस्दै छ । कम्पनीको १८औ वार्षिक साधारणसभा फागुन २५ गते काठमाडौंमा हुने भएको हो ।
    कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट चुक्ता पुँजीको १०.५२ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र बाँकी कर प्रयोजनको लागि) प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई अबको सभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।

    प्रतिकृया दिनुहोस्