आर्थीकसंसार संवाददाता२४ भदौ, २०८३
२४ भदौ, २०८३काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
यसका लागि सिद्धार्थ बैंक र ललितपुरको गोदावरीस्थित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकका अनुसार यस सम्झौताले ग्राहकलाई छुटको सुविधा प्रदान गर्नुका साथै नगद कारोबारलाई निरुत्साहित गर्दै डिजिटल भुक्तानीतर्फ आकर्षित गर्न सहयोग पुग्नेछ ।
सम्झौतासम्बन्धी थप जानकारीका लागि ग्राहकले बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।
