News Portal

  • कुलेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई कामना सेवा विकास बैंकको सहयोग

    आर्थीकसंसार संवाददाता२४ भदौ, २०८३
    १६ पटक
    २४ भदौ, २०८३

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत काठमाडौंको कुलेश्वरस्थित कुलेश्वर माध्यमिक विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक तथा आवश्यक सामग्री वितरण गरेको छ ।

    बैंकको कुलेश्वर शाखामार्फत आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

    बैंकले विद्यार्थीको पठनपाठन सहज बनाउन विद्यालय झोला, विद्यालय पोशाक, हाउस ड्रेस, जुत्ता, स्टेशनरी तथा अन्य आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको जनाएको छ ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त बिष्टले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गरेकोमा बैंकप्रति धन्यवाद व्यक्त गरे । उनले यस्तो सहयोगले विद्यार्थीलाई अध्ययनमा थप हौसला मिल्ने र विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने बताए ।

    बैंकका काठमाडौं क्षेत्र प्रमुख शर्माले शिक्षा क्षेत्रमा सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्वको हिस्सा भएको बताए । आर्थिक अभावका कारण आवश्यक सामग्रीबाट वञ्चित विद्यार्थीको पठनपाठनमा यो सहयोग उपयोगी हुने विश्वास उनले व्यक्त गरे ।

    कामना सेवा विकास बैंकले आगामी दिनमा पनि आवश्यकता र प्राथमिकताका आधारमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्