News Portal

  • प्राइम बैंकको ६.२५ प्रतिशत ब्याजदरको ऋणपत्र नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता२२ भदौ, २०८३
    २७ पटक
    २२ भदौ, २०८३

    काठमाडौं । प्राइम कमर्सियल बैंकको ६.२५ प्रतिशत ब्याजदरको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

    ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ नामको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ ।

    नेप्सेका अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका कुल ३० लाख कित्ता ऋणपत्र सूचीकृत गरिएको छ। यसको कुल चुक्ता मूल्य ३ अर्ब रुपैयाँ रहेको छ ।

    नेप्से व्यवस्थापनको निर्णयअनुसार सोमबार अर्थात् भदौ २२ गते ऋणपत्र सूचीकृत गरिएको हो ।

    उक्त ऋणपत्रको दोस्रो बजारमा कारोबार भने भदौ २४ गतेदेखि सुरु हुने नेप्सेले जनाएको छ ।

    प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, कमलपोखरीमा रहेको छ ।

    प्रतिकृया दिनुहोस्