News Portal

  • कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी नियुक्तिका लागि अन्तर्वार्ता तालिका सार्वजनिक

    आर्थीकसंसार संवाददाता२० भदौ, २०८३
    ४५ पटक
    २० भदौ, २०८३

    काठमाडौं । अर्थ मन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि संक्षिप्त सूची तथा अन्तर्वार्ता कार्यक्रम सार्वजनिक गरेको छ। मन्त्रालयद्वारा गठित सिफारिस समितिले शैक्षिक योग्यता, कार्य अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा उच्चतम अङ्क प्राप्त गर्ने ६ जना उम्मेदवारहरूको नामावली वर्णानुक्रम अनुसार प्रकाशित गरेको हो।

    ​संक्षिप्त सूचीमा छनोट भएका उम्मेदवारहरूमा गुल्मीका पिताम्बर भण्डारीका साथै काठमाडौँका प्रताप सुवेदी, महेश रिमाल, विक्रान्त आचार्य, समता पन्त र सुमन कुमार अधिकारी रहेका छन्।

    ​मन्त्रालयका अनुसार छनोट भएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी असोज १ र २ गते अर्थ मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुनेछ।

    प्रतिकृया दिनुहोस्