News Portal

  • गरिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा श्यामप्रसाद बस्याल चयन

    आर्थीकसंसार संवाददाता१ फागुन, २०७७
    ८०३ पटक
    १ फागुन, २०७७

    काठमाडौं । गरिमा विकास बैंकको प्रस्तावित लाभांश पारित भएको छ । माघ ३० गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको १३।५ प्रतिशत बोनश र ०।७१ प्रतिशत नगद ९कर प्रयोजनको०सहित कुल १४।२१ प्रतिशत लाभाशं लाभांश प्रस्तावलाई पारित गरेको हो ।
    ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुँजी रहेको विकास बैंकको १३।५ प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारणसभाको लागि २०७७ माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गतेसम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्ने बैंकले जनाएको छ ।
    होटल पोखरा ग्राण्डमा सम्पन्न १४औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनी समूहतर्फ सञ्चालकहरु श्यामप्रसाद बस्याल, डा। आनन्दप्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूहतर्फबाट विमल पाण्डे, संजीव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् । साथै साधारणसभा सम्पन्न भएपश्चात बसेको विकास बैंकको सञ्चालक समितिको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । गरिमा विकास बैंकको हाल देशभर १०६ शाखा र ५१ वटा एटीएम सञ्चालनमा छन् ।

    प्रतिकृया दिनुहोस्