News Portal

  • आमाबुबा गुमाएका बालबालिकाको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री थापा

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०८३
    ४४ पटक
    १८ भदौ, २०८३

    काठमाडौँ :  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढी–पहिरोका कारण आमाबुबा गुमाएका बालबालिकाको शिक्षा, सपना र भविष्यको जिम्मेवारी प्रदेश सरकारले लिने बताएका छन्।रसुवामा बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री थापा मगरले विपद्बाट प्रभावित परिवारलाई बागमती प्रदेश सरकारले सरकारको रूपमा मात्र नभई परिवारकै रूपमा साथ दिने प्रतिबद्धता जनाएका हुन्।

    मुख्यमन्त्री थापा मगरले आमाबाबु गुमाएका बालबालिकाको भविष्य अन्धकार हुन नदिने बताउँदै उहाँहरूको शिक्षा तथा भविष्य सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

    उनले भने, ‘बाढी–पहिरोमा आमाबाबु गुमाएका बालबालिकाको भविष्य अन्धकार हुन दिँदैनौँ। उहाँहरूको शिक्षा, सपना र भविष्यको जिम्मेवारी बागमती प्रदेश सरकारले लिनेछ।’

    मुख्यमन्त्री थापा मगरले विपद्को पीडामा रहेका रसुवावासीलाई दुःखको घडीमा प्रदेश सरकारको साथ रहने विश्वाससमेत दिलाए । उनले भने, ‘दुःखको घडीमा सरकार होइन, परिवार बनेर साथ दिनेछौँ।’रसुवामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना लागि सरकारका तर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने उहाँले प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्