News Portal

  • शिखर इन्स्योरेन्स कम्पनीको मुनाफा ११ प्रतिशतले बृद्धि

    आर्थीकसंसार संवाददाता३० माघ, २०७७
    १९५७ पटक
    ३० माघ, २०७७

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ११.७३ प्रतिशतले मुनाफा बढाएको छ । कम्पनीले पुस मसान्तसम्ममा २४ करोड १४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । गत वर्षको यही अवधिमा कम्पनीले २१ करोड ६० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
    कम्पनीले चुक्ता पुँजी ३० प्रतिशतले बृद्धि गर्दा प्रतिशेयर आम्दानीमा भने ५ रुपैयाँले गिरावट आएको छ । मुनाफामा सुधार भएकाले प्रतिशेयर आम्दानी ४० रुपैयाँबाट ३५ रुपैयाँ कायम गर्न सफल भएको हो । शिखरले कुल बीमा शुल्क आर्जन २० प्रतिशतले बढाएको छ । समीक्षा अवधिमा २ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीको खुद बीमा शुल्क आर्जन भने ७४ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
    कम्पनीको दाबी भुक्तानी २० प्रतिशतले घटेको छ । यसै अवधिमा ३७ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अभिकर्ताले एक करोड २३ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन् । पोलिसी संख्या भने १८ प्रतिशलते घटेको देखिन्छ । दोस्रो त्रैमासिक अवधिमा कम्पनीले एक लाख ४६ हजार वटा पोलिसी बिक्री गरेको छ ।
    कम्पनीको चुक्ता पुँजी एक अर्ब ३७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९४ करोड ७ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ । बीमा कोष ११ प्रतिशतले बढाएर एक अर्ब १७ करोड रुपैयाँको भएको छ ।

    प्रतिकृया दिनुहोस्