News Portal

  • कागेश्वरी मनोहराका इन्जिनियर दिपा कार्की ६४ हजार घुससहित पक्राउ

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०८३
    १२ पटक
    १७ भदौ, २०८३

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दिपा कार्की घुस रकमसहित पक्राउ परेकी छन् । उनीसँगै घुस रकम लिन मध्यस्थता गर्ने आस्मा कार्की पनि पक्राउ परेकी छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर कार्कीले स्ट्रक्चर एनालाइसीसको काम स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो ।

    उजुरीका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले दुवै जनालाई ६४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । उनीहरूलाई भदौ १५ गते कागेश्वरी मनोहरा नगरपालिका–थली, डाँछीस्थित कार्यालयबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

    पक्राउ परेकामध्ये इन्जिनियर कार्कीले घुस रकमका लागि सेवाग्राहीसँग पटक–पटक बार्गेनिङ गरी दुःख दिएको अख्तियारको दाबी छ ।

    उनीहरूमाथि घुस तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। विशेष अदालतको आदेशबाट भदौ १६ गते म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्