काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५५ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले खुद बीमा शुल्क ४३ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन बढेको छ ।
१ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४३ करोड ७ लाख रुपैयाँ, बीमा कोषमा ९७ करोड ३२ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ५५ लाख रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिमा कम्पनीले १५ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्ममा कम्पनीले २१ करोड ३२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ४६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलानामा कम्पनीको खुद दाबी भुक्तानी घटेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ०५ पैसा रहेको छ भने प्रतिशेयर नेटवथ २ सय ४४ रुपैयाँ ४० पैसा रहेको छ ।
एनएलजी इन्स्योरेन्सको नाफा ७५ प्रतिशतले बृद्धि
आर्थीकसंसार संवाददाता३० माघ, २०७७
३० माघ, २०७७- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न