News Portal

  • सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन ६१ प्रतिशतले बृद्धि

    आर्थीकसंसार संवाददाता३० माघ, २०७७
    ३८३ पटक
    ३० माघ, २०७७

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पुस मसान्तसम्ममा ९१ करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
    कम्पनीले गत आवको सोही अवधिमा ५६ करोड ८० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६१ प्रतिशतले बढी हो ।
    दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ, जगेडा कोषमा २९ करोड ६३ लाख रुपैयाँ र जीवन बीमा कोषमा १ अर्ब ८६ करोड रुपैयाँ संचित रहेको छ ।
    दोस्रोे त्रैमासको अवधिमा कम्पनीमा ६८ हजार ४ सय ५६ वटा बीमालेख जारी भएका छन् । पुस मसान्तसम्ममा कम्पनीले ७ करोड ७५ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ ।
    चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ८ प्रतिशतले बढेकोे छ ।
    जीवन बीमा कम्पनीहरुको हकमा नाफा लेखापरीक्षणको क्रममा बीमांकीय मूल्याङ्कनको क्रममा फेरबदल हुनसक्छ ।

    प्रतिकृया दिनुहोस्